
नमस्कार,
म वर्डप्रेस फोटो समूहबाट काफ्लेजी ।
म एक योगदानकर्ता र मध्यस्थकर्ता हुँ र म तपाईलाई देखाउन चाहन्छु कि तपाईले कसरी आफ्नो फोटोहरू डाइरेक्टरीमा पेश गर्न सक्नुहुनेछ
यो अत्यन्त सजिलो छ र साथीत्वले भरिएको समुदाय पनि छ।
मैले टाइप गर्दा, हामीसँग १३,०१० तस्बिरहरू छन् जुन संसारभरबाट स्वतन्त्र रूपमा पेश गरिएको छ।
सुरु गर्नको लागि WordPress.org मा जानुहोस् र समुदाय र फोटो डाइरेक्टरीका लागि विकल्पहरू चयन गर्नुहोस्।

जब तपाईंले त्यो गर्नुहुन्छ, तपाईं यस स्क्रिनमा आउनुहुनेछ।
माथिल्लो दायाँ कुनामा, तपाइँले त्यहाँ लगइन वा दर्ता गर्न छनौट गर्नुपर्ने छ ।
WordPress.org को लागि आफ्नो प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर लगइन गर्नुहोस्।
यदि तपाइँसँग अझै खाता छैन भने, तपाइँ पहिले दर्ता गर्न आवश्यक छ।
यो साँच्चै छिटो र गर्न सजिलो छ।

एक पटक लगइन भएपछि, तपाईं आफ्नो फोटोहरू योगदान गर्न सक्षम हुनुहुनेछ। अब योगदान लिङ्क थिच्नुहोस्।

अब, तपाईंले आफ्नो तस्बिरहरू पेश गर्न सुरु गर्नु अघि, हामी तपाईंलाई अनुरोध गर्नेछौं, दिशानिर्देशहरू र प्रायः सोधिने प्रश्नहरू पढ्नुहोस् ।
दिशानिर्देशहरूले तपाइँलाई हामीले प्राप्त गर्न चाहने र नदिने तस्बिरहरूको प्रकारको बारेमा वास्तवमै राम्रो विचार दिनेछ !
प्रायः सोधिने प्रश्नहरूले, फोटो डाइरेक्टरीको बारेमा थोरै पृष्ठभूमिको जानकारी दिनेछ ।

त्यसैले सुरु गरौं!
आफ्नो पहिलो फोटो अपलोड गर्न, आफ्नो कम्प्युटर, हार्ड ड्राइभ वा मोबाइल फोनबाट एउटा छान्नुहोस्।
त्यसपछि वैकल्पिक पाठ थप्नुहोस्।
वैकल्पिक पाठ सम्भव भएसम्म वर्णनात्मक हुनुपर्छ, किनभने यो दृष्टिविहीनहरूको फाइदाको लागि हो।

एकचोटि तपाईंले त्यो गरिसकेपछि, तपाईंले सबै बाकसमा टिक गरेर इजाजतपत्र र प्रयोग सम्बन्धी सबै विकल्पहरू पुष्टि गर्न आवश्यक हुनेछ। यसो गर्दा तपाईंले पेश गर्ने बटन थिच्नु अघि सूचीको प्रत्येक बिन्दुमा आफ्नो स्पष्ट सम्झौता दिँदै हुनुहुन्छ। यो पनि साँच्चै महत्त्वपूर्ण छ !
तपाइँको इन्टरनेटको गतिमा निर्भर गर्दै तपाइँको फोटो अपलोड गर्न केहि समय लाग्न सक्छ, तर सामान्यतया धेरै लामो समय लाग्दैन ।

आफ्नो फोटो पेश गरिसकेपछि, तपाईंलाई फोटो हाल्ने स्क्रिनमा लगिनेछ। तपाईं मध्यस्थताको लागि लाइनमा भएका फोटोहरू हेर्न सक्नुहुन्छ। तपाईं अहिले यहाँ देख्न सक्नुहुन्छ। मसँग तीनवटा फोटोहरू मध्यस्थताको लागि पर्खिरहेका छन्। यो कुनै पनि समयमा मध्यस्थता पर्खिरहेका पाँच फोटोहरू हुन सम्भव छ।
एकचोटि तपाईंको तस्बिर मध्यस्थता गरिसकेपछि, तपाईलाई यो स्वीकृत वा अस्वीकार गरिएको छ भनी तपाईंलाई एउटा इमेल प्राप्त गर्नुहुनेछ।
कृपया अस्वीकारहरू कम गर्नको लागि पेश गर्ने दिशानिर्देशहरू पालना गर्नुहोस ।

जब तपाइँसँग डाइरेक्टरीमा स्वीकृत केहि फोटोहरू छन्, तपाइँसँग तपाइँको आफ्नै फोटोहरू हेर्नको लागि एउटा अभिलेख लिङ्क हुनेछ।
तिनीहरू ग्यालरी ढाँचामा देखा पर्छन्। यहाँ एक सानो नजर लगाएर मेरो हेर्न सक्नुहुनेछ ।
हामी वर्डप्रेस फोटो डाइरेक्टरीमा आफ्ना तस्बिरहरू योगदान गर्ने थप व्यक्तिहरूको लागि वास्तवमै तत्पर छौं, र हामी चाँडै तपाईंबाट केही प्राप्त गर्न तत्पर छौं।